जापानले वार्षिक झन्डै ४० हजार नेपाली कामदार लैजाने




जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ।
विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो।  जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो।
मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो।

तर नयाँ कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५ सम्म टुङ्ग्याउने जनाएको छ। जापानले द्विपक्षीय श्रम सम्झौता गरेर मात्र कामदार भित्र्याउने तयारी गरेको हो। 

एसिया निक्कीले आउँदो वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी गरेको जनाएको छ।
जापानले सहरी क्षेत्र बाहिर कामदारको अभाव पूर्तिका लागि विदेशी कामदार भित्र्याउने नीति लिएको हो।
जापानले विदेशी कामदारको सहयोगका मुख्य सहर बाहिरका स्थानहरूमा एक सय वटा बुहसांस्कृतिक केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ।

यस्ता केन्द्रहरूमा प्रहरी, इमरजेन्सी सेवासमेत उपलब्ध हुनेछन्।  साथै बच्चा हेरचाह केन्द्रसमेत बनाउने तयारी जापानको छ।
जापानले कामदार लिदाँ प्राविधिक कामदार लिने नीतिसमेत तय गरेको छ।
१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।
१८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र त्यसका लागि कुनैपनि किसिमको दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ।
जापानले नया नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ।

त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ।

जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको निक्कीले उल्लेख गरेको छ।  यीमध्ये वर्षमा झन्डै चालिस हजार कामदार नेपालको भागमा पर्छन्। आउँदा वर्षहरूमा यो संख्या अझै बढ्ने बताइएको छ।
नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियासँग कामदार लिने जनाएको छ। 

जापानका मुख्यसचिव योशोहिदा सुगाले कामदारका लागि नयाँ भिसा सिस्टम लागु हुने बताए।
‘यो प्रक्रियाले थोरै कामदार भएका कम्पनी तथा साना तथा मझौला कम्पनीलाई फाइदा हुनेछ। यो भिसा सिस्टम आउँदो अप्रिलबाट कार्यान्वयनमा ल्याउने तयारी छ’, सुगाले पत्रकार सम्मेलनमा भने।

सुगाले आफूले प्रधानमन्त्री सिन्जो आबेलाई सन् २०१७ को हिउँदमा अस्पतालहरू नर्सविहीन भएको रिपोर्ट दिएलगत्तै विदेशी कामदारका लागि ढोका फराकिलो बनाउन निर्देशन पाएको समेत उल्लेख गरेका छन्।
जापानमा पछिल्लो समय राजनीतिक अजेन्डासमेत कामदार अभाव बन्दै आएको थियो।
प्रधानमन्त्री आबेको पार्टीले स्थानीय निर्वाचनअघि नै कामदार अभाव अन्त्य गर्ने चाहाना राखेकाले पनि प्रक्रिया छिटो बढ्नै बताइएको छ।
‘आगामी वर्ष स्थानीय निर्वाचन हुँदैछ। त्यस्तै माथिल्लो सभाको चुनाव पनि हुँदैछ। यस्तोमा आबेको लिबरल डेमोक्रेट पार्टीले कामदार अभावलाई अन्त्य गर्न खोजेको देखिन्छ,’ एसिया निक्कीले उल्लेख गरेको छ।


जापानले नेपाली कामदार लैजाने, पारिश्रमिक ३ लाख


 जापानले नेपाली कामदार लैजाने भएको छ । नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय जापानले गरिएको हो ।
मंगलवारदेखि जापान सरकारले लागु गरेको
नयाँ नीति अन्तर्गत जापानमा विदेशी कामदारका लागि जापान खुल्ला भएको छ । जापान सरकारले विदेशीबाट पहिलो ५ वर्षमा तीन लाख भन्दा बढी कामदार लैजाने निर्णय गरेको छ । जापानले नेपाल,थाइल्यान्ड,चीन, भियतनाम,इण्डोनेसिया, मंगोलिया लगाएत ९ देशबाट कामदार लैजाने भएको हो ।
विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । नेपाली कामदारले पाउने पारिश्रमिक भने महिनामा ३ लाख नेपाली रुपैयाँ रहनेछ ।

नेपालीका लागि जापानमा ठुलो संख्यामा रोजगारी खुल्दै, ३ लाख बढी कामदार लैजाने तयारीमा जापान ! न्यूनतम तलब करिब २ लाख रुपैयाँ हुने

काठमाडौं । जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।
२०१९ अप्रीलदेखि नेपाली कामदार लैजाने भएको छ । जापानले नेपाल सहित विभिन्न ९ देशका कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेको हो ।
नयाँ व्यवस्थापन अनुसार जापानले २०१९को पहिलो लटमा ४७ हजार विदेशी कामदार भित्र्याउने लक्ष्य बोकेको छ । श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले भने उक्त विषयमा आधिकारिक जानकारी आई नसकेको बताएका छन् ।
जापानले नयाा भिजा श्रेणी अन्तर्गत जेष्ठ नागरिक स्याहार–सुसार, कृषि, निर्माण सहित १४ वटा १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने तयारी गरेको हो ।
जापानले भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसि थाइल्याण्ड, म्यानमार र कबोडिया गरी ७ मुलुकमा आवश्यक प्रवद्धन समेत मिलाइसकेको छ ।
जापानमा रोजारका लागि जाने श्रमिकको न्यूनतम तलब करिब २ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।