क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं #ICT #QRCode #hacking

क्युआर कोड भित्र लुकेको साइबर खतर

क्युआर कोडले गर्दा फिशिङको समस्या हुन सक्छ । ह्याकरहरुले भित्तामा, कुनै कोठामा वा कम्प्यूटर स्क्रीनमा कोडहरु छाडिदिएर गएका हुन्छन् जसलाई स्क्यान गर्दा नराम्रो साइटहरुमा पुग्ने गरिन्छ ।

यो प्रक्रियालाई क्युआरएल ज्याकिङ पनि भनिन्छ । बस स्टप वा अरु भिडभाडको ठाउँहरुमा पनि ह्याकरहरुले स्टीकर टाँसेर फिशिङ गर्ने गर्दछन् । अर्को तरिका भनेको क्युशिङ हो । यसले प्रयोगकर्ताहरुलाई चर्चित वेबसाइटहरुको नक्कली भर्सनमा लगिदिने गर्दछ । त्यहाँ प्रयोगकर्ताहरुलाई आफ्नो लगइन आइडी हाल्न लगाएर ह्याकरहरुले त्यस्तो जानकारी चोरिदिने गर्दछन् । ह्याकरहरुले निःशुल्क वाईफाई नेटवर्क राखेर पनि क्युआर कोड स्क्यान गर्न लगाउने गर्दछन् । यसले गर्दा आक्रमणकारीले शान्त रुपमा बैकिङ र क्रेडिट कार्डको जानकारी चोर्न सक्छन् । सक्कली क्युआर कोडको कागजलाई हटाएर ह्याकरहरुले आफ्नो हानीकारक क्युआर कोड पनि राखिदिने गर्दछन् ।

स्क्यान गर्नुअघि ध्यान दिनुहोला

सार्वजनिक थलोमा क्युआर कोड स्क्यान गर्नुअघि क्युआर कोडको कम्पनी सक्कली जस्तो लाग्छ की लाग्दैन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै तपाईले स्क्यान गरेको कोड तपाइले साचेकै यूआरएलमा देखाउने गर्छ की गर्दैन् भनेर पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्नो डिभाइसमा आएको सेक्युरिटी अपडेटहरुलाई पनि समयमै इन्स्टल गरेमा ह्याकिङबाट बाँच्न सकिन्छ । नचिनेको लिकं आउँदा क्लिक गर्नुहुन्न भनेर सचेत रहेपनि बाहिर जहाँ पायो त्यहीँ क्युआर कोड स्क्यान गर्नुहुदैन् भन्ने चेतना धेरै प्रयोगकर्तामा आइसकेको छैन् । कर्पोरेट डिभाइसहरुलाई सुरक्षित गर्ने व्यवसायी र आईटी प्रशासकीय सदस्यले आफ्नो साइट र एपलाई समय समयमा जाँच गरिरहनुपर्छ । यसले गर्दा आफ्नो क्युआर कोड ह्याक भएको हो की होइन भनेर थाहा हुने गर्दछ । सबै कर्पोरेट डिभाइसमा मल्टि फ्याक्टर अथेन्टिकेसन पनि हुनुपर्छ, जसले साइटलाई अझै सुरक्षित बनाउने गर्दछ । अहिले आएर क्युआर कोडमार्फत हुने ह्याकिङ एकदमै बढदै गएको पाइएको छ ।