टेन’ सिरिजका आइफोन मंसिर ७ देखि नेपाली बजारमा, कुनकाे मूल्य कति?


एप्पलले हालै विश्व बजारमा ल्याएका टेन सिरिजका तीनवटा स्मार्ट फोन मंसिर ७ गतेदेखि नेपालमा उपलब्ध हुने भएका छन्। ‘टेन’ आर,एस र एस म्याक्स फोनहरु नेपाली बजारमा उपलब्ध हुने भएका छन्।
नेपालमा आधिकारिकरुपमा बिक्रीवितरण गर्दै आएको जेनेरेसन नेक्स्टले यी फोन नेपाली नोभेम्बर २३ देखि उपभोक्ताले किन्न पाउने जानकारी दिएको छ।
यो सिरिजका फोनमा आफ्नो अनुहार देखाएर लक खोल्न सक्छन्। यसमा प्रयोगकर्ताले फोटो खिच्दा आफूले जस्तो कलरको कपडा लगाएको छ त्यस्तै देखाउने ‘टू टोन’ डिस्प्ले प्रयोग गरिएको जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालीकी डाइरेक्टर सिम्रन भिमसरीयाले जानकारी दिइन्।
यो सिरिजका फोनमा एप्पलले ‘ए१२ बायोनिक’ चिपेस्ट प्रयोग गरेको छ।
ठूलो आकारमा स्मार्ट फोन ल्याएको एप्पलले थिच्ने बटम हटाएको छ। जसले फोन चलाउन बटम थिचिरनु पर्दैन सबै स्क्रिनमा नै सेट हुने कम्पनीले जनाएको छ।
मेमोजीको साहयताले यी फोनबाट आफ्नै अनुहारको चित्र कोरेर साथिहरूलाई पठाउन सकिन्छ।
कम्पनीका अनुसार यो सिरिजका फोनको क्यामरामा नयाँ फिचर्स बोके क्यामरा रहेको छ। यसमा कुनै एउटा बस्तुलाई फोकस गरेर त्यस वरिपरी  चाहे जति ब्लरको मात्रा चयन गर्न सकिन्छ।
‘टेन’ आर
एप्पलले अहिले ल्याएको टेन सिरिजका तीन आइफोनमध्ये टेन आर तुलनात्मक रूपमा सस्तो स्मार्टफोन हो।
ब्ल्याक, ह्वाइट, ब्ल्यु, यल्लो, रेड, कोर्ल गरी ६ वटा फिनिसियज (कलर) मा उपलब्ध यो आइफोनको १९४ ग्राम तौल छ। ६.१ इञ्च स्क्रिनसहितको लिक्वीड रेटिना डिस्प्ले समावेश गरिएको आइफोन ६४, १२४ र २५६ जिबि आन्तरिक क्षमतामा उपलब्ध छ। स्टोरेज क्षमताअनुसार नेपाली बजारमा यसको मूल्य १ लाख १५ हजार देखि १ लाख २५ हजार पर्ने जेनेरेशन नेक्स्टले जानकारी दिएको छ।
४००० एमएएच क्षमताको ब्याट्री रहेको यो आइफोनमा एकपटक पुरा चार्ज गरेपछि साढे ११ घण्टासम्म टिक्ने बताइएको छ।
‘टेन’ एस
६४, २५६ र ५१२ जिबि स्टोरेज क्षमतामा उपलब्ध हुने यो आइफोन ब्ल्याक, स्पेस ग्रे, सिल्भर गोल्डेन गरी तीन ओटा फिनिसियज (कलर) मा उपलब्ध छ।
१७७ ग्राम तौल भएको यस आइफोनमा ५.८ इञ्च स्क्रिनसहितको लिक्वीड रेटिना डिस्प्ले समावेश गरिएको कम्पनीले जनाएको छ। यस आइफोनमा १२ मेगापिक्सल रियर र ७ मेगापिक्सल फ्रन्ट बोके क्यामरा जडान गरिएको छ। कम्पनीका अनुसार यो आइफोनको नेपाली बजारमा १ लाख ५० देखि २ लाख ५ हजारसम्म मूल्य पर्ने छ।
‘टेन’ एस म्याक्स
दुईवटा सीमकार्ड राख्न मिल्ने यो आइफोन ब्ल्याक, स्पेस ग्रे, सिल्भर गोल्डेन गरी तीन ओटा फिनिसियज (कलर) मा आउने छ। २०८ ग्राम तौल भएको यस आइफोनमा ६.५ इञ्च स्क्रिनसहितको लिक्वीड रेटिना डिस्प्ले समावेश गरिएको आइफोन ६४,२५६ र ५१२ जिबी क्षमतामा उपलब्ध हुने छ। यही क्षमताको आधारमा मूल्य श्रृखला फरक हुने छ।
कम्पनीका अनुसार यो फोनको नेपाली बजारमा १ लाख ६५ हजार देखि दुई लाख २० हजार रुपैयाँसम्म पर्ने छ।
३८०० एमएएच क्षमताको ब्याट्री रहेको आइफोनमा एकपटक पुरा चार्ज गरेपछि ११ घण्टासम्म टिक्ने जनाइएको छ।
यो आइफोनमा १२ मेगापिक्सल डुअल रियर र ७ मेगापिक्सल फ्रन्ट बोके क्यामेरा जडान गरिएको छ।

No comments:

Post a Comment