ओपो एसेवेन नेपाली बजारमा, यस्ता छन् फिचर्स

ओपोले आफ्नो बिगर ब्याट्री फोन ‘ओपो एसेवेन’ नेपाली बजारमा प्रवेश गरेको छ।
न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत् फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेर नेपाली बजारमा फोन प्रवेस गराएको हो।
उक्त अवसरमा ओपोको ब्राण्ड फ्रेण्डका रुपमा अनुबन्धित नायिका स्वस्तिमा खड्काले स्मार्ट फोन हस्तान्तरण गरेकी थिइन्।
बिगर ब्याट्री फोनका रुपमा रहेको प्रिमियम डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको ओपो एसेवेनले ए सिरिजको लोकप्रियतालाई नयाँ उचाई प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ।
एआई २.० सहितको १६ मेगापिक्सेल फ्रण्ट क्यामेरा र ३१ + २ एमपी डुअल रियर क्यामेरा तथा ४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको ओपो एसेवेनकोे मूल्य रु. ३५ हजार ७ सय ९० रहेको छ। 
वाटरड्रप स्क्रिन 
ओपो एफनाइनसँगै एसेवेनमा पनि ओपोले प्रकृतिसंग प्रेरित, खस्न लागेको पानीको थोपाझैँ देखिने वाटरड्रप स्क्रिनको प्रयोग गरेको छ । पानीको थोपाझैँ आकारको यही नोट्चमा १६ एमपी फ्रण्ट क्यामेरा र सेन्सर जडान गरिएको छ । 
डिजाइन 
ओपो एसेवेनमा प्रयोग गरिएका धातु, कारिगढी तथा ब्याक कभरमा समेत फोनलाई कलाको एक नमुनाका रुपमा प्रस्तुत गर्ने हिसावले डिजाइन गरिएको कम्पनीले बताएको छ। एसेवेनमा प्रयोग गरिएको थ्रीडी थर्मल्लि बेन्ट शिटका कारण फोन पातलो, हल्का र बोक्दा आरामदायी छ । फोनमा प्रयोग गरिएको ग्लास झैँ देखिने कभर र यसमा प्रयोग भएको टेक्स्चर र प्याटर्नले फोनलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । साथै, फोनमा प्रयोग गरिएको मिडल फ्रेम डिजाइनले यसलाई अझ आकर्षक देखाएको छ । नयाँ फोन कम्पनीले ग्लेरिङ गोल्ड र ग्लेज ब्ल्यू गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । 
क्यामेरा 
ओपो एसेवेनमा एआई ब्यूटिफिकेशन सहित १३+२ एमपी डुअल रियर क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, यसमा जडित एफ २.० एपर्चर सहितको फ्रण्ट क्यामेराले अझ आकर्षक सेल्फी खिच्न सघाउँछ । एसेवेनले वाइड एंगल फ्रण्ट क्यामेराको प्रयोग गर्छ । ओपो एसेवेनमा कम्पनीले नयाँ फिचरका रुपमा एआर स्टिकर पनि उपलब्ध गराएको छ । 
कलरओस ५.२–स्मार्ट एण्ड ईफिसियन्ट एसिस्टेन्ट
ओपोले एसेवेनमा एण्ड्रोइड ८.१मा आधारित कलर ओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । यसले सञ्चालन प्रणालीलाई प्रयोगकर्ताका लागि समग्र स्मार्टर अन्तरक्रियात्मक अनुभव प्रदान गर्दै नयाँ आयाम प्रदान गरेको छ ।

No comments:

Post a Comment