साअाे‍मीको पाेकोफोनः मूल्य कति फिचर्स कस्ता?


पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका स्मार्टफोनले नेपाली बजारमा राम्रै उपस्थिति देखाउँदै आइरहेका छन्। नेपालमा चिनियाँ ब्रान्डका धेरै स्मार्टफोन उपलब्ध छन्।
सायोमी त्यसैमध्येको एक हो।
  यसअघि एमआई सिरिजका फोन नेपाली बजारमा ल्याइरहेको कम्पनीले पहिलोपटक पाेकोफोन साहयक ब्रान्ड पनि नोपाली बजारमा ल्याएको छ।
कात्तिक १४ गते सार्वजनिक भएको एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो।
Related image
कस्तो छ? यो फोन?
डिजाइन तथा बिल्ड क्वालिटी
७.६ एमएम भएको यो फोनको तौल १ सय ८० ग्राम छ। फूल एचडी प्लससहितको ६.१८ इञ्चको सुपर एमएलए डिसप्ले रहेको फोनमा दुबैतर्फ रहेको स्लिम बोर्डरले यस फोनलाई एक हातले प्रयोग गर्न सहज बनाएको छ। फिंगर प्रिन्ट उपलब्ध रहेको यस फोनमा प्रयोगकर्ताले हल्का रूपमा औलाले चलाउँदा स्मुथ महशुस गर्ने कम्पनीको विश्वास छ।
फर्ममेन्स तथा ब्याट्री
यो स्मार्टफोनमा क्वालकाेलम स्न्याप ड्रयागन  प्रोसेसर दिइएको छ जसको स्पिड २.८ र १.८ गिगाहर्ज छ। ६ जिबी ¥याम भएको यो फोन नेपाली बजारमा ६४ जिबी आन्तरिक मेमोरीवालामात्र आएको छ। ग्र्या फाइट ब्ल्याक र स्टिल ब्लु कलरमा यी फाेन पाइने छन्। 
यसमा ब्लुटुथ ५.० लेटेस्ट भर्जन रहेको छ जसले एकैचोटी दुई वटा डिभाइसमा कनेक्ट गर्न सकिन्छ।क्वालकोम स्नापड्रागन ८४५ प्लेटफर्म  रहेकाे फाेनमा लिक्विड कुल टेकनोलोजी कुलिङ्ग सिस्टम रहेकाे छ।  
६ जीबीको ¥यामले फोनलाई फास्ट बनाएको छ। फोन फुल एचडी प्लस स्क्रीन भएको हुँदा यसले राम्रो गाफ्रिक्स भएका गेम खेल्न निकै मजाले सघाउँछ।
यसमा ४ हजार एमएचको ब्याट्री समावेश गरिएको छ। कम्पनीले फोनमा फास्ट चार्ज समेत दिएको छ। जसले ब्याट्री सकिएको बेला १५ मिनेटमा ५० प्रतिशत चार्ज हुन्छ।
१२ प्लस ५ मेगा पिक्सलको डुअल क्यामरा रहेको फोनमा फ्रन्ट क्यामरा २० मेगा पिक्सलको रहेको छ। जसले रातिको समयमा समेत राम्रो फोटो खिच्न सघाउछ।
नेपालमा मूल्य तथा पाइने ठाउँ
फोन कात्तिक २५ अर्थात् नोभेम्बर ११ बाट नेपाली बजारमा पाइन्छ। ३३ हजार ९ सय ९९ मा किन्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नोभेम्बर ११ को दिन मात्र यो मूल्यमा पाइने र त्यसपछि मूल्य फरक हुनेछ। यो दराज अनलाईमा बाट मात्र पाउन सकिन्छ।

No comments:

Post a Comment